Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


एमालेले सर्वोच्चको फैसला विपरित संसद अवरुद्ध पारिरहेको छ : माधव नेपाल


312
Shares

काठमाडौं, पुष ४ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरित गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाउनु भएको हो ।

आइतबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा ओली अदालतको फैसला मान्ने पक्षमा नरहेको दावी समेत गर्नुभयो । उहाँले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको तर्क समेत गर्नुभयो ।

आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दावी गर्दै अध्यक्ष नेपालले विरोधीहरुमा छटपटाहट आएको समेत जिकिर गर्नुभयो ।