ज्यापु समुदायलाई सहयोग गर्न सरकार तयार : प्रधानमन्त्री देउवा « Image Khabar


ज्यापु समुदायलाई सहयोग गर्न सरकार तयार : प्रधानमन्त्री देउवा


65
Shares

काठमाडौं, पुष ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताउनु भएको हो ।

उहाँले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गरेको भन्दै कला, संस्कृति, सम्पदाको विकासमा अझ लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले ज्यापु समाज धेरै पुरानो संस्कृति भएको समाज भएकाले सरकारले सार्वजनिक बिदा घोषणा गरेको समेत बताउनुभयो ।