४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


चन्द्रपुर र वालिङ फाइनलमा


0
Shares

रौतहट, माघ १६ । रौहतको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत् बिहीबार भएका सेमिफाइनल खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका विजयी भएका छन् ।

दुवै टोली विजयी भएसँगै फाइनलमा प्रवेश गरेका छन् ।

स्व. शेरबहादुर दर्लामी हातेमालो खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा विराटनगर महानगरपालिकालाई २–० ले हराउँदै चन्द्रपुर नगरपालिका विजयी भएको हो ।

चन्द्रपुरको जितमा रजनी ठोकर र मेनुका नगरकोटीले एक/एक गोल गरे ।

खेलमा चन्द्रपुरकी मेनुका नगरकोटी ‘वमन अफ दी म्याच’ घोषित भइन् ।

यस्तै, बिहीबारै भएको दोस्रो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–० ले नै हराउँदै वालिङ नगरपालिका विजयी भएको हो ।

वालिङको जितमा दुवै गोल अमिषा कार्कीले गरिन् ।

उक्त खेलमा वालिङकी सरिष्मा थापा ‘वमन अफ दी म्याच’ घोषित भइन् ।