
काठमाडौं, माघ १६ । सरकारले चीनमा रहेका नेपालीहरुमध्ये १९० जना विद्यार्थीहरुमात्रै बेइजिङस्थित नेपाली दूतावासको सम्पर्कमा आएको बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी दूतावासको सम्पर्कमा आएका विद्यार्थीहरुलाई आवश्यक परेको खन्डमा मात्रै नेपाल ल्याइने जानकारी दिइयो ।
मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले विद्यार्थीहरुलाई नेपाल ल्याएर कहाँ राख्ने भन्नेसमेत तयारी नभएको भन्दै ‘त्यत्तिकै ल्याएर के गर्ने ?’ भन्ने प्रश्न गरे ।
मन्त्रालयले रसुवा र तातोपानी नाकामा रहेका ‘हेल्थ डेस्क’हरुको अनुगमन गर्न शुक्रबार (भोलि) विज्ञ टोली पठाउने पनि जनाएको छ ।
टोलीमा डा. गुणराज लोहनी र डा. अमृत पोखरेलको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र ल्याब प्रतिनिधिसमेत रहने पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म पाँचजनामा व्यक्तिमा ‘कोरोनाभाइरस’ संक्रमणको शंकामा परीक्षण गरिएकामा कसैमा पनि फेला नपरेको पनि मन्त्रालयले प्रस्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्