Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


देशभर चिसाे बढ्दै


260
Shares

काठमाडौं । देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही सुदुरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुसु/कुहिरो लागेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाकाअनुसार देशभर चिसाे बढ्ने क्रम रहेकाे छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ।

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ४ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। 

राती : प्रदेश १ को पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

पौष ५ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम र  कर्णाली प्रदेशमा आंशिक रही  बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। 

राती : देशभरि आंशिक देखि सामान्य बदली  रहनेछ।  

पौष ६ गते (मंगलबार)

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामन्य बदली रही  बाँकी भू-भागमा  मौसम आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामन्य बदली रही  बाँकी भू-भागमा  मौसम आंशिक बदली रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।