 
	    काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । रेलिगेसन जोनमा संघर्ष गरिरहेको घरेलु टोली सालेरनिटानामाथि सानदार जित निकाल्दै इन्टर मिलानले घरेलु टोलीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
स्टेडियो एरेची सालेर्नाेमा गएराति भएको खेलमा इन्टरको सानदार जितमा इभान पेरिसिस, डेम्जेल डेमफ्रेज, एलेक्सिस सान्चेज, लोउटारो मार्टिनेज र रोबर्टाे गाग्लिएरडिनीले समान एक गोल गरे । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा तीन गोल निस्किएको थियो ।
जितसँगै इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानलाई ४ अंकले पछि पारेको छ । यद्यपि मिलानले एक खेल कम खेलेको छ । इन्टरको १८ खेलबाट ४३ अंक पुगेको छ । मिलानको १७ खेलबाट ३९ अंक छ । पराजित सालरेनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्