Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा पाँचौं पटक हिमपात, जनजीवन प्रभावित


0
Shares

बैतडी  । बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी भूभागमा हिमपात भएको छ । बुधवार हिमपात भएसंगै यो वर्ष यहाँ पाचौंपटक हिमपात भएको हो ।

गत मंसिरको अन्तिम साता सुदूरपहाडमा पहिलोपटक हिमपात भएको थियो ।

बुधवार जिल्लाको दशरथचन्द राजमार्ग अन्तरगत खोडपे, सतबाँझ, जयपृथ्वी राजमार्गको श्रीभावर, ढोल्यामोड क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।

यसका साथै जिल्लाका अन्य स्थानमा पनि हिमपात भएको छ । पाचौंपटकको हिमपातले अत्याधिक चिसो बढेको छ । चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

सुरुको वर्षा र हिमपातले बालीनालीलाई फाइदा पु¥याएको भएपनि यस वर्ष लगातार वर्षा र हिमपात हुँदा फलफूल र गहुँबालीमा क्षति पुगेको किसानको भनाइ छ ।

हिमपातका कारण  जिल्लाको  दुर्गम सिगास गाउँपालिकाको कामकाजसमेत प्रभावित भएको छ ।

हिमपातले गर्दा चिसो बढेकाले न्यानो लुुगा लगाएर झोलिलो खाने कुरा खान स्वास्थ्य कार्यालय बैतडीले अनुरोध गरेको छ ।