महिला सहमहामन्त्रीमा डिना उपाध्याय विजयी « Image Khabar


महिला सहमहामन्त्रीमा डिना उपाध्याय विजयी


2.093k
Shares

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला सहमहामन्त्रीमा पदमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ ।

उहाँले २५३३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी प्रतिष्पर्धी कमला पन्तले २१०५ मत ल्याउनुभएको छ ।

डिना शेरबहादुर देउवा समूहकी हुनुहुन्छ । कांग्रेस सहमहामन्त्रीको महिलातर्फ ४६३८ मत खसेको थियो ।