तनहुँ, माघ १५ । पूर्वराष्ट्रपति रामवरण यादवले तनहुँका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् ।
बुधबार तनहुँको पर्यटकीय क्षेत्र मानहुकोटको अवलोकन गर्दै उनले नेपाल प्राकृतिक स्रोत र साधनमा धनी रहेकाले त्यसको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
मानहुकोटबाट वरपरका मनमोहक दृश्य देखिने भएकाले यहाँको विकासका लागि सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
व्यास पराशर क्षेत्र, बीपी वनवाटिकाकोसमेत उनले अवलोकन गरे ।









प्रतिक्रिया दिनुहोस्