Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो

बिहानको न्युनतम तापक्रम ३ दशमलव २ डिग्रि सेल्सीयस

1.8k
Shares

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो महसुस भएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यो वर्ष काठमाडौंमा रेकर्ड भएको यो नैं अहिसम्मको न्युनतम तापक्रम हो ।

आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच, तराईका धेरै स्थानमा आज हुस्सु र कुहिरो लागेको छ । बिहानको समयमा लागेको कुहिरो दिउँसोसम्म हट्ने जल तथा तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भोलिबाट थप चिसो बढ्ने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण चिसो बढ्ने भन्दै सर्तक रहन आग्रह गरिएको छ ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने क्षतीबाट जोगिन विभागले आग्रह गरेको छ ।