Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


विचारको जित भयो : शेखर कोइराला


234
Shares

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको बताउनु भएको छ ।

पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि बुधबार काठमाडौंमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताहरुको भेलामा बोल्दै उहाँले सभापति देउवा स्वस्थ प्रतिस्पर्धाबाट सभापति बन्नु भएको उल्लेख गर्दै कार्यकालको पूर्ण सफलताको कामना पनि गर्नुभयो ।

कोइरालाले नवनिर्वाचित पार्टीका सभापति देउवालाई विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवादा उत्रने चेतावनी समेत दिनुभयो । आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्डा नलिएको भन्दै उहाँले यस महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जीत भएको दावी समेत गर्नुभयो । नेता कोइरालाले महाधिवेशनले आफूलाई जनताको घरदैलोमा जाने सन्देश दिएको उल्लेख गर्दै आजैबाट उनीहरुको घरदैलोमा पुगेर आगामी महाधिवेशनमा आफ्नो विचार समूहलाई विजयी बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले आफूलाई माया, इज्जत, मान र प्रतिष्ठा दिएको भन्दै महाधिवेशनका प्रतिनिधिहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा त्यो मायालाई कहिल्यै नविर्सने बताउनुभयो ।