मोरङ । आफ्नो पतिलाई प्रेमीसँग मिलेर हत्या गर्नेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले श्रीमती दयावती सरदार र कटहरी गाउँपालिका ७ का बद्री सरदारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
गत माघ ५ गते राति अन्दाजी ८ बजेतिर मोरङ कटहरी गाउँपालिका ७ का विकास सरदारलाई उनकी श्रीमती दयावती र प्रेमी बद्रीले मिलेर हत्या गरेका थिए । उनीहरुले हत्यापछि सरदारको पानीमा डुबेर मृत्यु भएको भनी प्रहरीलाई खबर गरेका थिए ।
विकाशको घरमा बद्री, ललन सरदार र मुकेश सरदार गई रक्सी किनेर खाई विकासलाई गाँउमा तास खेल्न जाउँ भनि ललाई फकाई ग्रामथान गाउपालिका ३ स्थित ढङटोली लगि फलामको डण्डाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।
उनीहरुले विकासको हत्यापछि ढङटोली स्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा शव फ्यालेका थिए । बद्री र दयावतीबीच प्रेम सम्बन्ध भएकै कारण उनीहरुको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
यसैगरी मोरङ प्रहरीले फेसबुकमा अनलाइन पसल देखाएर ग्राहक ठगी धन्दा गर्ने गिरोहलाई पक्राउ गरेको छ । उनीहरुलाई ठूलो पैसाको परिमाणसहित पक्राउ गरिएको प्रहरी प्रमुख अधिकारीले बताए ।
उनीहरुको साथबाट नगद सरसठ्ठी लाख १९ हजार ७५०, ३७ वटा एटीएम कार्ड, ५८ वटा चेकबुक लगायत विभिन्न सामान बरामद गरिएको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ का निरन्जन प्रसाद आचार्य, जन्तेढुंगा गाउपालिका का शिवजी खड्का, देवी चौलागाई, सुनसरी धरान नगरपालिकाकी भवना राई, सरिता परियार, वर्षा कार्की, सानु गौतम र लक्ष्मी कार्की छन् ।
उनीहरुले सामान फेसबुकमार्फत अर्डर गरी ह्वाट्स एपमार्फत बैकमा पैसा हाल्न लगाउने र सामान नै नदिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।









प्रतिक्रिया दिनुहोस्