Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


विद्युत बिक्री गरेर व्यापार घाटा कम हुँदैन : अर्थमन्त्री शर्मा


143
Shares

काठमाडौं, मंसिर २९ । अर्थमन्त्री जनार्दन शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नवउत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने बरु विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

उहाँले अब कामले गति लिने र पुँजीगत खर्चले पनि गति लिने बताउनु भयो । शर्माले नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिनुभयो । यसलाई आगामी आर्थिक वर्षमा समेटिने समेत उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकमा वैदेशिक अनुदान आउन नसकेको अहिलेको अवस्थामा एमसीसी पास गरी अघि बढ्नु पर्ने बताउनुभयो । मन्त्री शर्माले भने निजी क्षेत्रकै सुझावअनुसार आगामी नीति तय गरिने पनि बताउनुभयो ।