हेटौडा । मकवानपुर प्रहरीले गोली हानेर ३२ किलो गाँजासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका ११ थानार्भयाङस्थित पूर्वपश्चिम राजमार्गमा प्रहरीले गाँजा तस्कर पक्राउ गर्न मंगलबार राती साढे १२ बजे गोली चलाएको हो ।
बिआर०६जे ४४५८ नम्बरको भारतीय कारलाई रोक्न खोज्दा भागेपछि गोली चलाइएको प्रहरीले जनाएको छ ।
मनहरीबाट हेटौंडा जाँदै गरेको कार भैवडाँडातिर भाग्न खोज्दा दुई राउन्ड गोली चलाइएको हो ।
पक्राउ पर्नेमा चालक भारत मुजफरपुरका ३५ वर्षीय सञ्जित पासवान, अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुन छन् ।
उनीहरुलाई आज(बुधबार) पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ । एक राउन्ड हवाई फायर गर्दा नरोकिएपछि प्रहरीले कारको टायरमा गोली चलाएको थियो ।
कारको सिटमुनि फल्स बटम बनाएर १६ पोकामा ३२ किलो गाँजा फेला परेको थियो ।








प्रतिक्रिया दिनुहोस्