काठमाडौं । हङकङले चीनसँगको सीमामा यात्रुहरुमाथि कडा निगरानी राख्न थालेको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिना हङकङले चीनसँगको सीमा पार गर्ने उच्च गतिका रलेवे सेवा र हवाइ सेवासमेत बन्द गरेको जनाएको छ ।
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने पाँच सय भन्दा बढी संक्रमित भएको अधिकारीहरुले जनाएका छन् ।
चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका १६ देशमा फैलिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
वहानमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्काउन विभिन्न देशहरुले पहल गरिरहेका छन् ।
चीनका वहान, हुवेइलगायतका प्रान्तमा सार्वजनिक यातायातमा प्रतिवन्त्र लगाइएको छ ।(एजेन्सी)




                
प्रतिक्रिया दिनुहोस्