
उदयपुर, साउन २० । उदयपुरमा १० बर्षीया एक बालिका बलात्कृत भएकी छिन् ।
बेलका नगरपालिका–६ बुद्धचोक बस्ने सुस्त मनस्थिति भएकी ती बालिका छिमेकीबाटै बलात्कृत भएकी हुन् ।
इलाका प्रहरी कार्यालय रामपुरका अनुसार साउन १८ गते ती बालिकालाई बेलका नगरपालिका–६ बस्ने वर्ष २८ का देवेन्द्र राईले बलात्कार गरेका हुन् ।
छिमेकीले बलात्कार गरेको भन्दै परिवारले इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी गरेका हुन् ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविनकुमार सिंहले आरोपी राईलाई शनिबार नै नियन्त्रणमा लिई आइतबार मुद्दा दर्ता गरेको बताएका छन् । प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा आरोपीले बलात्कार गरेको स्वीकारेका छन् ।
बालिका भोजपुर घर भइ आफन्तको घर बुद्धचोकमा बस्दै आएकी हुन् । बालिकाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्