२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


सभापतिमा निधिको समर्थन पनि देउवालाई


247
Shares


काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्नुहुने भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सभापतिका लागि भएको मदानमा उम्मेदवार बनेका कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणमा निधिले देउवालाई सघाउने हुनुभएको हो । सभापतिमा उम्मेदवारी दिएका देउवा,निधि,डा शेखर कोइराला,प्रकाशमान सिंह र कल्याण गुरुङ कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् ।

पहिलो चरणमा देउवाले २२५८,निधिले २४९,कोइरालाले १७०२,सिंहले ३७१ र गुरुङले २० मत प्राप्त गर्नुभएको थियो । कांग्रेसमा पहिलो चरणमा सभापतिका उम्मेदवारले ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान छ । अब धेरै मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

त्यसैका लागि प्रधानमन्त्री समेत रहनुभएका देउवा आफूलाई समर्थन जुटाउन निधिलाई भेट्न निधि निवास बानेश्वर पुग्नु भएको हो । उक्त भेटका क्रममा निधिले देउवालाई समर्थन दिने आश्वाशन दिनुभएको हो ।
उता प्रकाशमानले पनि देउवालाई समर्थन गर्ने बताइसक्नु भएको छ ।