
काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता यूएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ ।
युएफाले गएराति निकालेको ‘ड्र’ अनुसार राउण्ड अफ सिक्सटिनमा साविक विजेता चेल्सीले फ्रेन्च क्लब लिलसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै लियोनल मेस्सी रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिड भिड्ने भएका छन् ।
लिभरपुलले राउण्ड अफ १६ मा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दा म्यान्चेस्टर सिटीले स्पोर्टिङ लिस्बनसँग खेल्नेछ । जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियाको साल्जवर्गसँग खेल्दा पोर्चुगलको बेनिफीकाले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडले स्पेनको एट्लेटिको मड्रिड तथा इटालीको युभेन्ट्सले स्पेनको भियारियालसँग खेल्नेछ ।
राउण्ड अफ १६ का खेलहरु फेब्रुअरी १५ तारिखमा सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्