२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


प्रतिपक्षले सत्तापक्षसँग मागेर खाने हो र ? बाबुराम भट्टराई


0
Shares

काठमाडौं, माघ १४ । समाजवादी पार्टीका अध्यक्ष एवं सांसद बाबुराम भट्टराईले प्रतिपक्षको धर्म निर्वाह गर्न कांग्रेसलाई सम्झाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षले सत्तापक्षसँग मागेर खान नहुने भन्दै उनले सत्ता र प्रतिपक्ष दुबै आ–आफ्नो धर्म निर्वाहका लागि तयार हुनुपर्ने बताए ।

अहिले सत्तापक्षले प्रतिपक्षले पेल्ने र प्रतिपक्षले पनि सकेसम्म मागेरै खाने जस्तो देखिएको भन्दै उनले सत्तापक्षसँग मिलेर खान छाड्न कांग्रेसलाई सुझाव दिए ।

प्रजातान्त्रिक मुलुकमा सदन विपक्षको नै हुने भन्दै उनले सरकारले सदनमा अनावश्यक दबाब दिन नहुने बताए ।