Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


रौतहट जिल्ला सेक्रेटरीसहित दुई विप्लव कार्यकर्ता पक्राउ


0
Shares

रौतहट, माघ १४ । विप्लव नेतृत्वको नेकपाका रौतहट जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला खैरेनी नगरपालिका–१ घर भई नेकपा रौतहट जिल्ला सेक्रेटरी ३४ बर्षिया सृजना शाही भनिने दिशर्ना कुमारी शाही र चन्द्रपुर–३ निवासी जिल्ला समिति सदस्य दुर्गा बल रहेको छन् ।

सेक्रेटरी सृजनालाई चन्द्रपुर–३ स्थित इन्द्र थिङको घरबाट र दुर्गालाई उनैको घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

पक्राउ परेका दुबैलाई जनप्रतिनिधि, उद्योगी, व्यवसायी र कर्मचारीलाई डरत्रास देखाइ चन्दा असुल्ने गरेको आरोप लगाइएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा राखिएको छ ।