बागलुङ । बागलुङको ढोरपाटनमा जाडो बढेपछि स्थानीयहरु जाडो छल्न बेसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकोले बालबालिकाहरु र स्थानीयहरु बेबाङ झरेका हुन् ।
जाडो बढेपछि ढोरपाटनस्थित जनवादी आधारभूत विद्यालय बन्द गरिएको छ । सो स्कुलमा पढ्ने बिद्यार्थीहरु बोबाङ स्थित जनवादी विद्यालय र अन्य विद्यालयमा गएका छन् ।
अधिकांश बालबालिका र अभिभावक बेसी झरिसकेका छन्, केही झर्ने तयारीमा छन् । उनीहरु चैत लागेपछि मात्रै ढोरपाटन उक्लने गर्छन् । खेतीपातीका लागि उनीहरु गर्मी मौसममा लेकमा जान्छन् भने चिसो बढेपछि बेसी झर्ने गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्