रुपन्देही, माघ १४ । रोहिणी गाँउपालिका–४ छिपागढस्थित भैरहवा–भुमही सडक खण्डमा तीन वटा ट्रक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।
नौ जना घाईते भएका छन् । घाईते मध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आज बिहान भैरहवाबाट नवलपरासी जाँदै गरेको लु १ ख ६७४५ नम्बरको मालवाहक ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरका खाली ट्रक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छैन ।










प्रतिक्रिया दिनुहोस्