सुर्खेत, माघ १४ । वीरेन्द्रनगरस्थित गौतम चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्युु भएको छ ।
मृत्यु हुनेमा कालिकोट महावै गाउँपालिका–३ सिमखेतका २० वर्षिय केशर सिंह छन् ।
भे १ ख २२४२ नम्बरको टिपरले सिंह सवार मोटरसाईकललाई ठक्कर दिएको थियो ।
प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
यता टिपर चालकलाई कारवाहीको माग गर्दै सिंहका आफन्तले स्थानीय यरिचौक र गौतम चौकमा प्रदर्शन गरेका छन ।









प्रतिक्रिया दिनुहोस्