कांग्रेस महाधिवेशन : गुटका उम्मेदवारलाई मत माग्दै कार्यकर्ता « Image Khabar


कांग्रेस महाधिवेशन : गुटका उम्मेदवारलाई मत माग्दै कार्यकर्ता


26
Shares

काठमाडौं, मंसिर २६ । कांग्रेसको १४ औ महाधिवेशस्थल भृकुटीमण्डप चुनावीमय भएको छ । आ–आफना समर्थकमार्फत भोट माग्ने शैली अलग अलग छन् । कोही युवाको पक्षमा उभिएका छन् त कोही पाका र अनुभवीलाई नसमेटी पार्टी नबन्ने धारणा राख्छन् । गुट उपगुटमा विभाजित उम्मेद्वारको भोट माग्ने क्रममा हुने जम्काभेट थप रोचक हुने गरेको छ ।

चुनावी प्रचार प्रसारका क्रममा आफ्ना उमेदवारहरुको प्रचार सामग्री झुण्डाएर होस वा बाजााजासहित चुनावी प्रचार प्रसार गर्ने शैलीले चुनावी माहोललाई तताएको छ । विभिन्न गुटबाट उठेका उम्मेदवार मत माग्दै आएका कार्यकर्ताहरुको जम्काभेट हेर्न लायक देखिन्थ्यो । राजनीतिमा पुस्तान्तरणको प्रसंग जल्दोबल्दो आवाज उठिरहेको बेला कांग्रेस महाधिवेशनमा मिश्रित प्रतिक्रिया देखिन्थ्यो । पुराना पुस्ताका प्रतिनिधिहरु कार्यकर्तामा नयाँ पुरानो पुस्ता नै नहुने विचार राख्छन् ।

महाधिवेशन स्थलको निषेधित क्षेत्रमा प्रचारप्रसार गर्दा प्रहरीसँग कांग्रेस कार्यकर्ताको झडपसमेत भएको थियो ।

जे भएपनि प्रजातान्त्रिक अभ्यासमार्फत नेतृत्व छान्ने प्रक्रियालाई लोकतन्त्रको सुन्दर नमूना मान्न सकिन्छ ।