Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


आइएमई मोटर्सद्वारा नगरपालिका र अस्पताललाई शव वाहन हस्तान्तरण


39
Shares


काठमाडौ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्धारा प्रवद्र्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत,बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो ।आइएमई मोटर्सले शव वाहन सहित विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै सेना र प्रहरीका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

अशोक लेलैण्डको दोस्त मोडलमा आधारित शव वाहन अहिले सम्मकै ठुलो र फराकिलो रहेको जनाइएको छ ।