Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


रसुवागढी नाकामा ‘कोरोनाभाइरस’को परीक्षण शुरु


0
Shares

रसुवा, माघ १४ । रसुवागढी नाकामा हेल्थ डेक्स स्थापना गरी कोरोनाभाइरसको परीक्षण शुरु गरिएको छ ।

संक्रमण बढेपछि चीनबाट रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको हो । तर स्वास्थ्य परीक्षणमा उपकरणको अभाव छ ।

चीनको केरुङ हुदै नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई गोसाईकुण्ड गाँउपालिकाका अहेबबाट स्वास्थ्य परीक्षण र परामर्श दिने काम गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

स्वास्थ्यकर्मी विजयकुमरा घलेले उपकरणको अभाब भएकाले सामान्य परीक्षण गरी पर्यटकहरुलाई परामर्श दिने काम मात्र भएको बताए ।

केरुङ हुदैं रसुवागढी आई पुग्ने पर्यटकको भने चीनका विभिन्न चार ठाउँमा स्वास्थ्य परीक्षण हुने गरेको छ ।

रसुवागढी नाकाबाट दैनिक १ सय पचासको संख्यामा चिनियाँ पर्यटक नेपाल प्रवेश गर्ने गरेको हाल आएर यो संख्या २० जनामा झरेको छ ।