प्रदेश–३ को राजधानी चितवनलाई बनाउन चितवनबासीको माग • Image Khabar Image Khabar


प्रदेश–३ को राजधानी चितवनलाई बनाउन चितवनबासीको माग


Imagekhabar
१ असार २०७५, शुक्रबार ०३:३९

प्रदेश–३ को राजधानी चितवनलाई बनाउन चितवनबासीको माग

चितवन, असार १ । चितवनलाई प्रदेश नम्बर–३ को राजधानी बनाउनुपर्ने माग चितवनबासीले गरेका छन् ।

३ नम्बर प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको आयोजनामा शुक्रबार चितवनमा भएको छलफलकाक्रममा चितवनबाट प्रतिनिधित्व गर्ने सांसद र स्थानीयहरुले यस्तो माग गरेका हुन् ।

सांसद विशाल खड्काको नेतृत्वमा आएको अध्ययन टोलीले जिल्ला समन्वय समितिमा छलफल गरेको हो ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, घनश्याम दाहाल, रिना गुरुङ र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालसहित सहभागी बुद्विजीवी, पत्रकार, व्यापारीलगायतले चितवनमा अहिले पनि सयौं विगाहा जमिन खाली रहेको र सरकारी कार्यालयका भवनहरु पनि प्रशस्त रहेको भन्दै तत्काल पूर्वाधार निर्माण गर्नु नपर्ने भएकाले राजधानी चितवनमै राख्नुपर्नेमा जोड दिएका थिए ।

भौगोलिक हिसाबले देशको मध्यभागमा रहेको र यातायातको सुगमता पनि महत्वपूर्ण पक्ष भएकाले प्रदेश राजधानीका लागि चितवन नै उपयुक्त स्थान भएको चितवनबासीले जिकिर गरेका थिए ।

चितवनबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रदेशसभामा चितवनलाई राजधानी गराउनुपर्ने माग गर्दे निवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्