काठमाडौं । अभिनेत्री अनुष्का शर्मा र किक्रेटर विराट कोहलीले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेको चार बर्ष भएको छ । उनीहरुले आफ्नो रोमान्टिक डिनर आयोजना गरी शनिबार वैवाहिक बर्षगाँठ (एनिभर्सरी) मनाएका छन् । अनुष्काले आफ्नो डिनर टेबुलको तस्वीर लिएर आफ्नो इन्स्टाको स्टोरीमा आफ्नो प्रशंसकहरु माझ शेयर गरेकी थिइन् । तस्वीरमा स्वादिष्ट परिकारका साथै सुन्दर फुल र मैनबतीले सजाइएको थियो ।
मायालु र प्रेमील यो जोडीले हिजो आफ्नो वैवाहिक बर्षगाँठ मनाउदै केही तस्वीरहरु सार्वजनिक गर्दै प्रेमले भरिएको क्याप्सन पनि लेखेका थिए ।
बितेका केही दिनमा अनुष्काले बिराटसँग आफ्नोे केहि क्रेजी फोटोहरु पनि शेयर गरेकी थिइन् । जुन फोटोमा अनुष्काले बिराटको लागी मायालु क्याप्सन लेखेकी थिइन् ।
अनुष्का लेख्छिन्, ‘यो दुनियामा आफ्नो जस्तो मान्छे पाउनु ठुलो बहादुरीको कुरा हो । मलाई आवश्यक पर्दा प्रेरणा दिनुभएको मा धन्यवाद । जब तपाईले सुन्न आवश्यक हुदाँ आफ्नो दिमाग खुल्ला राख्नुभएकोमा धन्यवाद, समान विवाह तब मात्र सम्भब छ जब दुबै सुरक्षित छन् । तपाई सबैभन्दा सुरक्षित पुरुष हुनुहुन्छ, मलाई थाहा छ ।’
प्रतिक्रिया दिनुहोस्