२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बिहेपछि गुमनाम बलिउड जाेडी कट्रिना र बिक्की


221
Shares

काठमाडौं । बलिउड अभिनेत्रि कट्रिना कैफ र अभिनेता बिक्की कौशल विवाहबन्धनमा बाधिएको आज चार दिन भएको छ । गत बिहीबार राजस्थानमा भव्य वैवाहिक समारोह आयोजना गरेर विवाहमा बन्धनमा बाँधिएका हुन् । विवाहपछि यो जोडी गुमनाम जस्तै भएको छ ।

विवाहपछि यो जोडीको एक तस्वीर मात्र सार्वजनिक भएको छ । तस्वीर सार्वजनिक गर्दै उहीहरुले लेखेका छन् ‘एक आर्काका लागी हाम्रो मन भित्र रहेको प्रेम सम्मानले आज विवाह सम्म ल्याएको छ । हाम्राे नयाँ जिन्दगीको लागी सबैको माया र आर्शिवादको आवश्यकता छ ।’

त्यसयता उनीहरुको विवाहको तस्वीर कतै सार्वजनिक भएको छैन न त भिडियो नै सार्वजनिक भएको छ । हाइसेक्युरिटीका साथ विवाह गरेको यो जोडीले मिडियालाई समेत प्रवेश अनुमति दिएका थिएनन् । विवाहपछि उनीहरु कुनै पार्टी वा समारोहमा सहभागी भएको पनि पाईएको छैन ।

विवाह पश्चात विवाहका तस्वीर र भिडियो सार्वजनिक गर्नुपर्ने समयमा उनीहरुका अन्य तस्वीरहरु अहिले सामाजिक संजालमा विस्तारै आउन थालेका छन् । कट्रिना र बिक्कीको विवाहको तस्वीर र भिडियो हेर्नका लागि उनका प्रशंसकहरु व्यग्रह प्रतिक्षामा बसिरहेका छन् । कट्रिनाले किन आफ्नो विवाहको तस्वीर बाहिर नल्याएको भन्दै प्रश्न पनि उब्जिन थालेको छ । उनीहरुले विवाहका लागि अमेरिकी एक म्यागेजिनलाई आफ्नो फोटो दिएका थिए ।

यो जोडीका विवहासँग सम्बन्धी बाहिरएका केही तस्वीरहरु :

वर्षा पोखरेल/कलसा पोखरेल