Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


चितुवाको आक्रमणबाट बालकको मृत्यु


0
Shares

तनहुँ, माघ १३ । तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणमा परी सोमबार साँझ एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–४ बस्ने १० वर्षीय इसाक सुनार रहेका छन् ।

आमासँग बिहे भोज खाएर फर्कनेक्रममा विमलनगरस्थित लोहीपाखामा बालकलाई एक्कासि चितुवाले आक्रमण गरी ज्यान लिएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।

बिहे भोज खाएर आमा–छोरा र अन्य स्थानीयहरु सँगै फर्कंदै गर्दा एक्कासि चितुवाले आक्रमण गरेको होे ।

स्थानीयले हारगुहार गर्दै कराएपछि चितुवाले बालकलाई करिब १०० मिटर पर छाडेर भागेको प्रहरीले जनाएको छ ।

चितुवाले बालकको घाँटीमा तीन ठाउँमा दाँत गाडेको छ ।

केही समययता तनहुँमा चितुवाको आक्रमणमा परी ९ जनाको ज्यान गइसकेको छ ।