 
	    काठमाडौं । हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शनिबार साँझदेखि टेलिकमको मोबाइल, एडिएसल, फोर जी र ल्याण्डलाइन सेवा सबै अवरुद्ध भएको हो । शाखाकै कार्यालय हातामा रहेको टावर, किरिने टावर, जुम्ला र कालीकोट कताको उपकरणमा खराबी आएको भन्नेबारे पत्ता लगाउनै नसकिएको टेलिकमले जनाएको छ ।
सेवा अवरुद्ध भएपछि सरकार तथा गैरसरकारी कार्यालयबाट प्रदान हुने सेवामा बाधा पुगेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न समस्या भएको छ । टेलिकमको सेवा अवरुद्ध भएको बेला एनसेलको मोबाइल सेवाले पनि राम्रोसँग काम गरिरहेको छैन । त्यस्तै तीन दिन यता इन्टरनेटले पनि काम गर्न छाडेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्