Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


प्रदेश–५ सरकारले लगानी सम्मेलन गर्ने


0
Shares

भैरहवा, माघ १३ । प्रदेश नम्बर–५ सरकारले आउँदो वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।

लगानी सम्मेलनको पूर्वतयारीस्वरुप छलफल सकेर प्रदेश सरकारले लगानीकर्तालाई आकर्षित गर्न वैशाखमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलनको अवधारणा तय गर्दै वैशाख ५ गते सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेशको समग्र आर्थिक विकास र समृद्धिका लागि आवश्यक स्रोतको पहिचान र परिचालन गर्नका लागि लगानी सम्मेलन आयोजना गर्न लागेको उनले बताए ।