बिराज रोस्यारा (इमेज)
कैलाली, माघ १३ । सुदूरपश्चिम सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको आरोप लागेको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्ष दलले प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्न खोजेको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।
रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथिको छलफलमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राजपाले विधेयक पारित भए प्रेस स्वतन्त्रता कुन्ठित हुने आरोप लगाएका हुन् ।
सोमबारको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्का र श्यामलाल रानाले प्रदेश सरकारले संविधानको मूल मर्मविपरीत मिडियालाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका हुन् ।
सरकारले मिडियालाई नियन्त्रण गर्नेगरी ल्याइएको विधेयक संविधानको मर्मविपरीत भएको उनीहरुले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्