Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


‘गैरसरकारी संस्थाहरुको प्रभावमा परेर सूचना प्रविधि विधेयकमा अनावश्यक टिप्पणी’


0
Shares

काठमाडौं, माघ १३ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गैरसरकारी संस्थाहरुको प्रभावमा परेर सूचना प्रविधि विधेयकमा अनावश्यक टिप्पणी गरिएको आरोप लगाएका छन् ।

मिडिया सोसाइटीले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री बाँस्कोटाले स्वतन्त्र पत्रकारितामा सरकारबाट कुनै अवरोध नहुने तर छाडापन र स्वतन्त्रतालाई एउटै टोकरीमा नराख्न आग्रह गरे ।

विधेयकमा रहेको पाँच वर्ष जेल सजाय र १५ लाख रुपैयाँको जरिवानासम्बन्धी प्रावधानलाई सच्याउन सकिने भन्दै उनले ‘तर, संविधानविपरीत रहेर विधेयक संशोधन गर्न भने मिल्दैन’–भने ।

छलफल कार्यक्रममा मिडिया सन्चालकहरुले विज्ञापनको दायरा साँघुरो भएको भन्दै ‘क्लिनफिड’लाई कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

मिडिया सन्चालकहरुको उक्त गुनासोमा मन्त्री बाँस्कोटाले क्लिनफिड लागू भएपछि ८ अर्ब रुपैयाँ बराबरको विज्ञापन बजार बढ्ने बताए ।