रसुवा, माघ १३ । अवैधरुपमा चीनबाट नेपाल ल्याइएको साढे दुई किलो सुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ का नवाङनुर्पू तामाङ, ग्याल्जेन शेर्पा, सुप्पा लामा, सुवास तामाङ, साङा तामाङ र दोलखाको तामाकोसी गाउँपालिका–५ का तुलनारायण श्रेष्ठ छन् ।
रसुवागढी नाकाबाट काठमाडौं जाँदै गरेको ना१झ ३५४२ नम्बरको टाटासुमोमा लुकाइ–छिपाइ लैजाँदै गरेको अवस्थामा विशेष सुराकीको आधारमा सोमबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले टिमुरेमा चेकजाँच गर्दा सुन भेटिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
चालकको साथबाट एक केजी र गाडीको सिटमुनि साढे एक केजी लुकाएको अवस्थामा सुन भेटिएको थियो ।
बरामद उक्त सुनको मूल्य करिब एक करोड ६० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्