Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


हेटौंडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

हेटौंडा, साउन २० । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ मा आज टिपरले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा अर्का एकजना घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकल चालक स्थानीय २६ वर्षीय टंक न्यौपाने छन् । मोटरसाईकलमा पछाडी सवार स्थानीय २१ वर्षीया गिता न्यौपाने घाईते भएकी छिन् । घाईतेको चुरेहील अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान ११ बजे ना७ख ७३२३ नम्बरको टिपरले  ना४२प ७०७० नम्बरको मोटरसाईकलाई ठक्कर दिदा दुर्घटना भएको हो ।

टिपर चालक फरार रहेकाले खोजी भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।