काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेका नेकपा नेता अग्नी सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् ।
नवनिर्वाचित सभामुख सापकोटाले राष्ट्रपति निवास शीतल निवासमा सपथग्रहण लिने कार्यक्रम भइरहेको समयमा आज(सोमबार) उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनका लागि जम्मा भएका मानवअधिकार कर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष राजन कुइँकेल, मानवअधिकारकर्मी चरण प्रसाइँ, इन्द्र अर्याल, महामुनिश्वर आचार्य, जनक राउत, निरन्जन थपलिया, काभ्रेकी पूर्णिमाया लामालगायत रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्