Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख बरामद


0
Shares

कैलाली । धनगढीमा नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ बाट आइतबार राती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही सहितका १६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले वडा अध्यक्ष सहितका १६ जुवाडे पक्राउ गरिएको पुष्टि गरेका छन् ।

उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढि नगद पनि बरामद गरिएको छ ।