Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


डडेल्धुरामा सरकारी कार्यालयमा बम बिष्फोट


0
Shares

डडेल्धुरा ।  डडेल्धुरामा एक सरकारी कार्यालयमा आइतबार राती बम बिष्फोट भएको छ । 

सुदूरपश्चिम प्रदेश अन्र्तगतको पूर्वाधार विकास कार्यालय रहेको डडेल्धुरामा मध्यरातमा बम बिष्फोट भएपछि कार्यालय प्रवेश गर्ने मुख्य ढोकामा र झ्यालमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।

बम बिष्फोट कसले गराएको भन्ने यकिन नभएको र यसबारे अनुसन्धान भइरहेको पौडेलले जानकारी बताए ।

डोटी र डडेल्धुरा कार्य क्षेत्र रहेको उक्त कार्यालय कारागार कार्यालयको एक सय मिटर मात्र टाढा छ । बम बिष्फोटबाट स्थानीय आतंकित भएका छन् ।