Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


गाउँमा आजकल को नेता आएछ होइन, कुन चाहिँ चोर आएछ भन्छन् : राजेन्द्र लिङ्देन

राष्ट्रप्रमुखको रुपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री व्यवस्था गर्न प्रस्ताव

221
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्वमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष लिङ्देनले राजनीतिक दलका नेतृत्व सुध्रिनुपर्नेमा जोड दिनुभयो ।

‘गाउँमा कुनै कार्यक्रममा राजनीतिक दलका नेता जाँदै छन् भने कुन नेता आएछ होइन कुन चाहिँ चोर आएछ भन्छन्,’ उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वमा व्यापक खराबी छ, सुध्रनुको विकल्प छैन ।’

अध्यक्ष लिङ्देनले देशमा राष्ट्रप्रमुखको रुपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरेर जान प्रस्ताव गर्नुभयो ।

२०४७ सालपछि देशमा बनेका कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न नपाएको र कुनै पनि पार्टी नफुटेको इतिहास नभएको भन्दै आफूहरु चुकेको कुरामो आत्ममूल्याङ्कन गर्ने बेला भएको बताउनुभयो ।