
एजेन्सी । अमेरिकाको क्यालिफोनिर्यास्थित क्यालाबास शहरमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित नौ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अमेरिकी बास्केट बलर कोबे ब्रायन्ट र उनकी छोरी जियानाको पनि मृत्यु भएको छ । ४१ वर्षिय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेका बेला दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।
पाँच पटक च्याम्पियन रहेका ब्रायन्ट अमेरिकी बास्केट बलका महत्वपूर्ण खेलाडी मानिन्छन् ।
उनले सन् २०१६ मा एनबीए इतिहासमा तेस्रो अग्रणी स्कारेसमेत गरेका थिए । ब्रायन्टका श्रीमती र अन्य तीन छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्