काठमाडौं, साउन २० । संविधानले व्यवस्था गरेअनुसार सातवटा विधेयक संसदमा दर्ता गर्ने तयारी सरकारले गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले दुईवटा मौलिक हकसँग सम्बन्धितसहित सात विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको हो ।
असोज २ गतेभित्र सरकारले मौलिक हक सम्बन्धी ३३ वटा कानुन बनाईसक्नुपर्ने छ । त्यसमा १० वटा कानुन भने पूर्ण रुपमा नयाँ बनाउनुपर्ने छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सात विधेयकको मस्यौदा संसदमा पेश गर्ने निर्णय भएको बताए ।
सरकारले संविधान अनुसार बनाउनुपर्ने सबै कानुन आगामी फागुनभित्र बनाईसक्नुपर्ने छ । त्यसरी बनाउनुपर्ने कानुन एक सय १० वटा छन् ।









प्रतिक्रिया दिनुहोस्