कैलाली । कैलालीको गौरीफन्टा नाकामा आज(आइतबार) भारतको ७१ औं गणतन्त्र दिवस मनाइएको छ ।
दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले दुवै देशका नागरिकको सहभागितामा भारतीय गणतन्त्र दिवस मनाइएको हो ।
दिवसको अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडु र भारतको विश्व हिन्दु परिषद्का सान्धी डा. प्राचीले संयुक्त रुपमा भारतको राष्ट्रिय झण्डात्तोलन गरेका थिए ।
दिवसको अवसरमा भारतीय एसएसबीले नाकामा विभिन्न खेलसमेत प्रदर्शन गरेको थियो ।
भारतीय गणतन्त्र दिवसको अवलोकन गर्नका लागि सीमा क्षेत्रका नेपालीहरु गौरीफन्टा नाकामा पुगेका थिए ।
यसैगरी, व्यापारी, संघसंस्थाका प्रतिनिधिको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्