
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज देखि सुरु हुँदैछ । दिउँसो १ बजे भृकुटीमण्डपमा सुरु हुने महाधिवेशनको उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ।
उद्घाटनका लागि भृकुटीमण्डपमा करीब दुई जना भन्दा बढी क्षमताको मञ्च तयार गरिएको कार्यालयले जनाएको छ ।
उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांंग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने भएको छ । भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुग्नु भएको छ ।
उद्घाटन समाहरोहमा देशका प्रमुख पार्टीका नेता र विदेशी प्रतिनिधिले आ–आफ्ना धारण राख्ने र पार्टीका नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ। सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । साे स्टेजमा ६० वटा भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमताकाे छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ ।
महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागीता रहने छ । महाधिवेशन प्रतिनिधिहरुका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा गरिएकाे छ भने सुन्धारालगायतका विभिन्न होटलमा बासकाे व्यवस्था गरिएको छ । त्यसैगरी, बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ। महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्