Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


सापकोटालाई सभामुख बनाएकोमा विरोध, न्याय पाउने आशा मर्‍यो: पूर्णिमाया


0
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा अग्नि सापकोटा सभामुख चयन हुदै गर्दा माइतीघर मण्डलामा भने नागरिक समाजका प्रतिनिधि र द्वन्द्व पीडितहरुले सापकोटाको विरोधमा प्रदर्शन गरेका छन् ।

ब्यक्ति हत्याको आरोप लागेका र अदालतमा मुद्धा विचाराधीन रहेका व्यक्तिलाई सभामुख चयन गर्न नहुने भन्दै माईतीघर मण्डलाबाट विरोध र्‍याली निकालिएको थियो । 

र्‍याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा सापकोटा विरुद्ध सर्वोच्च अदालतमा आफ्ना श्रीमानको हत्या गरेको किटानी जाहेरी दिएकी पूर्णिमाया लामाले हत्याको आरोपी  व्यक्ति नै सभामुख बनेपछि आफूलगायत द्वन्द्व पीडितले न्याय पाउने आशा मरेको बताइन ।

माओवादी युद्धकालमा २०६२ साल बैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी कार्यकताले अपहरण गरेर हत्या गरेका थिए ।

अग्नि सापकोटाको निर्देशनमा लामाको हत्या गरिएको दाबी गर्दै लामाकी श्रीमती पूर्णिमायाले सापकोटा विरुद्ध हालेको किटानी जाहेरीको मुद्दामा यही माघ २२ गते सुनुवाई हुँदैछ ।