२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


कमण्डलु लिएर कांग्रेसले उपसभामुख माग्दैनः मीनेन्द्र रिजाल


0
Shares

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसले कमण्डलु लिएर संसदमा उपसभामुख नमाग्ने बताएका छन् ।

प्रतिनिधिसभामा आइतबार सभामुख निर्वाचनका विषयमा पार्टी संसदीय दलको निर्णय जानकारी गराउँदै कांग्रेसले उपसभामुखको बार्गेनिङ नगर्ने उनले बताएका हुन् ।

सभामुखमा अग्नि सापकोटालाई निर्विरोध हुन सघाएपछि जनस्तरमा भइरहेको चर्को विरोधलाई लक्षित गर्दै नेता रिजालले उपसभामुख कस्लाई बनाउने भन्ने नेकपामा भर पर्ने बताए ।

उनले संविधानको भाव र सार बुझ्न नेकपा नेताहरुलाई आग्रह गर्दै कुनाबाट कुनै दलका सदस्यलाई खोजेर उपसभामुख नाउने वा संविधानको भाव अनुसार निर्णय गर्ने हो ? भने ।

नेता रिजालले सापकोटाले गरेको विगतको क्रियाकलापका बारेमा जनस्तरमा प्रशस्त प्रश्न उठेकाले आफ्नो व्यवहारले ति जिज्ञासाहरु समाधान गर्नुस्, भने ।

आफूहरु संक्रमणकालीन न्यायको विषयबाट पछि नहटेको भन्दै संसदमा एउटा परम्परा बसाल्नका लागि मात्र सभामुखमा उम्मेदवारी नदिएको उनको प्रष्टोक्ति थियो ।

सदनको गरिमा र विश्वसनीयता जोगाउने दायित्व सभामुखका रुपमा सापकोटामा रहेकाले उक्त भूमिका निर्वाह गर्न रिजालले आग्रह पनि गरे ।

सापकोटामाथि लागेको हत्या आरोप त्यसबारे उठाइएका आवाजप्रति संकेत गर्दै रिजालले मानवअधिकारवादी संघसंस्था र व्यक्तिहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने दायित्व पनि सम्झाए ।

उनले गणतान्त्रिक आन्दोलनमा सँगै रहेका व्यक्ति र संस्थाहरु सभामुख चयनकै विषयमा सडकसम्म पुग्नु परेकाप्रति गम्भीर बन्न पनि उनले आग्रह गरे ।

‘लोकतान्त्रिक आन्दोलनमा सँगै हिँडेका व्यक्तिहरू अदालतमा पुग्नु भएको छ, त्यो आवाज बलियो रूपमा प्रस्तुत गर्नु भएको छ’ रिजालले भनेका थिए,’भोलिको दिन विधिको शासनले चल्छ कि चल्दैन। संविधानले भनेको बाटोमा देश हिँड्छ कि हिँड्दैन, संघर्षमा सँगै हिँडेका नागरिक समाजमा हिँडेका व्यक्तिहरूले शंका गर्नु भएको छ। अग्नि सापकोटाले त्यो पूरा गर्न सक्नुहुन्छ कि हुन्न। आज आशंका गर्नु भएकाप्रति भरोसा जित्न सक्नु हुन्छ कि हुन्न। तपाईंका बारेमा व्यक्त भएका आशंका कार्यसम्पादन गर्ने क्रममा कसरी शान्त गर्नुहुन्छ त्यो तपाईंको परीक्षा हो।’