
काठमाडौं । कांग्रेस संखुवा सभाका नेताद्वय पासाङ शेर्पा र तारमान गुरुङले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
शेर्पाले आदीवासी जनजातिको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको हो । संस्थापन पक्षबाट आफ्नो उम्मेदवारी भएकाले पनि आफ्नो जित सुनिश्चित भएको शेर्पाको दाबी छ ।
शेर्पा २०६४ मा संविधानसभा सदस्य बन्नु भएको थियो । खस्कदै गएको नेपाली कांग्रेसको साखलाई उचाईमा पुर्याउने शेर्पाको प्रतिबद्धता छ । शेर्पा राजनीति मात्रै नभइ सामाजिक काममा पनि सक्रिय हुनहुन्छ ।
त्यस्तै कांग्रेस संखुवासाभका पूर्व पार्टी सभापति तारामान गुरुङले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहनु भएका गुरुङले पनि आदिवासी जनजाती तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको हो ।
नेता गुरुङले कांग्रेसलाई बलियो र अबको सबै निर्वाचन जित्ने गरेर ‘हाम्रो’ कांग्रेस बनाउने अभियानमा लाग्ने बताउनुभयो ।
गुरुङ संखुवा सभा कांग्रेसको चार पटकसम्म पार्टी सभापति भइसक्नु भएको छ ।गुरुङ कांग्रेसभित्र इमान्दार नेताका रुपमा चिनिनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्