२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


बारामा अटो रिक्सा पल्टियो : १३ दिने बालिकाको मृत्यु, अन्य २ जना घाइते


0
Shares

बारा । जितपुर सिमरा उपमहानगरपालिका–१ टेलिकम नजिकै बुधबार बेलुकी अटो रिक्सा पल्टिँँदा १३ दिने बालिकाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

बेलुकी ८ बजे विकासशील चोकबाट सिमरातर्फ जाँदै गरेको ना २ ह ५३ १६ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर पल्टिँदा सोही ठाउँका रविन कार्कीकी १३ दिने छोरी इभाको मृत्यु भएको हो ।

उपचारको लागि वीरगञ्ज स्थित वयोधा अस्पताल पुर्‍याउना साथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रिक्सा सहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।