पौडेल समूहमा सभापतिको उमेदवार बनाउने प्रयास विफल « Image Khabar


पौडेल समूहमा सभापतिको उमेदवार बनाउने प्रयास विफल


0
Shares

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको संस्थापनइतर पौडेल समूहमा सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल बनेको छ ।

बुधबार दिनभरी छलफल गरे पनि आकांक्षीहरु एक अर्कालाई छोड्न तयार नभए पछि सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल भएको हो ।

बिहान काठमाडौँको एक पार्टी प्यालेसमा भएको छलफल निष्कर्षमा पुग्न नसके पछि अपरान्ह पुन बैठक बसेको थियो ।

सभापतिका उम्मेदवार समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको निवाश चाक्सीबारीमा बसेको दोश्रो बैठकले पनि साझा उम्मेद्वार छान्न सकेन ।

सभापतिको उम्मेदवार बन्ने भनिएका नेता रामचन्द्र पौडेल र डा. शशांक कोइरालाले आफूहरु सहमतिको बाधक नबन्ने भन्दै आकांक्षीहरु शेखर कोइराला र प्रकाशमान सिंहलाई कुनै एक जनामा निर्णय लिन आग्रह गरिएको थियो ।

दुवै नेताले आफ्नो अडान नछोडे पछि पौडेल पक्षले साझा उम्मेदवार छान्न नसकेको हो । यससँगै संस्थापन इतर समुहले साझा उम्मेदवार दिने सम्भावना क्षीण बन्दै गएको छ ।

चाक्सीबारीको बैठकपछि संचारकर्मीहरु सँग बोल्दै नेता गुरुराज घिमिरेले अन्तिम प्रयासको लागि बिहीबार बिहान ८ बजे अनुपम फुडल्याण्डमा अर्को बैठक बसेर निस्कर्ष निकाल्ने जानकारी दिनुभयो ।