जर्मनीका चान्सलर एन्जेला मर्केल पदमुक्त, स्क्ल्जले सम्हाले कार्यभार « Image Khabar


जर्मनीका चान्सलर एन्जेला मर्केल पदमुक्त, स्क्ल्जले सम्हाले कार्यभार


0
Shares

एजेन्सी । जर्मनीका चान्सलर एन्जेला मर्केल पदमुक्त हुनुभएको छ ।

नयाँ चान्सलरका रूपमा बुधबारबाट ओलाफ स्क्ल्जले कार्यभार समाल्नुभएको छ ।

६३ वर्षीय स्क्ल्जले पदभार ग्रहण गरे लगतै जर्मनीका जनता र देशका लागि डटेर काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

जर्मनीको संसदमा पदमुक्त हुँदै गर्दा मर्केलले नयाँ चान्सलर स्क्ल्जलाई सदैव साथ र सहयोग गर्ने वचन दिनुभएको थियो ।

नवनियुक्त चान्सलर स्क्ल्जले पनि देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।